सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुख्यमन्त्री पुगे बाढीपहिरो स्थलमा, तत्कालै दिए ५० हजार राहत

मुख्यमन्त्री पुगे बाढीपहिरो स्थलमा, तत्कालै दिए ५० हजार राहत

भुजीखोलाको किनारा आफैंमा जोखिमपूर्ण ठाउँ भएको वताउदै मुख्यमन्त्री गुरुङले अब विस्थापितहरुलाई एकीकृत बस्ती बनाएर राखिने वताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०७७, शनिबार

तस्वीर: अर्जुन ढकाल

पोखरा, २० भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिवार बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीपहिरो घट्नास्थलमा पुगेका छन् । त्यहाँ पुगेको मुख्यमन्त्रीले बाढीपहिरोवाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले तत्कालिन राहत उपलब्ध गराएका छन् । ज्यान गुमाएका परिवारलाई तत्कालिन राहत प्रतिब्यक्ति ५० हजार र बाढीपहिरोबाट ज्यान बचाएका र घर गुमाएर विस्थापित भएका परिवारका लागि टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री, लगायत राहत सामग्री प्रदान गरेका छन् । मुख्यमन्त्री गुरुङले राहत रकम र सामग्री नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।
सो अवसरमा मुख्यमन्त्रीले बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्कालै अन्य सहयोग गर्ने र  स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले थप गरेर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले बाढी प्रभावितहरुको लागि पक्की र भूकम्प प्रतिरोधी आवास बनाउने प्रदेश सरकारको नीति रहेको वताउदै त्यसका लागि कार्य थाल्न प्रदेश सरकार प्रतिवद्ध रहेको वताए ।
भुजीखोलाको किनारा आफैंमा जोखिमपूर्ण ठाउँ भएको र विपत्ति आइलागेको वताउदै मुख्यमन्त्रीले अब बाढीपहिरोबाट विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राखिने वताए । यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व गर्ने छैन, उनको प्रतिवद्धता थियो । बाढीपहिरो गएकै दिन घटनास्थल पुग्ने आफ्नो चाहना मौसमी प्रतिकूलता बाधक बनेकोमा स्थानीयसंग क्षमा मागे । मुख्यमन्त्रीसंगै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रवहादुर वुढा लगाएको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->