आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घन्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

२४ घन्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०७७, शनिबार

पोखरा, २० भदौ – पछिल्लो २४ घन्टामा  १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ । २४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->