सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बिजुली नहुँदा सम्पर्क टुट्यो, उद्धार र राहतमा कठिनाई

बिजुली नहुँदा सम्पर्क टुट्यो, उद्धार र राहतमा कठिनाई


  • ढोरपाटन संबाददाता
  • भाद्र २० २०७७, शनिबार

बागलुङ, २० भदौ– बुधबार राती ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बितण्डा मच्चाएको बाढीपहिरो मानविय क्षतिले भयानक मात्रै भएन पूर्वाधारमा पनि ठुलो क्षति पु¥याएको छ । ढोरपाटन नगरपालिकाको वडा नं. २, ४ र ६ बाहेक बाढीपहिरोका कारण सबै वडाका सडक तथा विद्युतका संरचनामा क्षतविक्षत भएका छन् ।
बाढीले नगरपालिकाका ११ वटा विद्युत गृहमा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । स्थानीयको श्रमदान र वैकल्पिक उर्जा प्रबर्धन केन्द्रलगायतका संस्थाको सहयोगमा विभिन्न समयमा निर्माण भएका लघुजलविद्युत योजनाहरु बगाएको हो । केही योजनाहरु कामै नलाग्ने गरी भत्काएको छभने केही योजना मर्मत गर्न मिल्ने गरी क्षति भएको छ ।
बुधबार साँझदेखिनै ढोरपाटन नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, ८ र ९ का सबै ठाउँमा विद्युत आपूर्ति बन्द भएको स्थानीय शिक्षक याम बहादुर कायतले बताए । विद्युत आपूर्ति बन्द हुँदा सञ्चार सम्पर्कसमेत प्रभाव परेको छ । ‘प्रभावित क्षेत्रमा सम्पर्क गर्नै कठिन भैरहेको छ’ ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने ‘सहज सम्पर्क नहुँदा उद्धार र राहतमा कठिन भएको छभने तथ्यांक संकलनमा समेत समस्या भएको छ ।’ मोबाईल फोनमा चार्ज गर्न नपाएका कारण त्यहाँ सञ्चार सम्पर्क विच्छेद भएको हो ।
केन्द्रिय प्रसारण लाईन विस्तारको चरणमा रहेकाले ढोरपाटन क्षेत्रमा उर्जाको स्रोत लघु जलविद्युत आयोजना मात्रै हुन् । वैकल्पिक उर्जाको व्यवस्था गरेर वा लघु जलविद्युतहरुको मर्मत गरेर सहज बनाउने अवस्था तत्काल नरहेको पोखरेल बताउँछन् । ‘केही योजना पुरै संरचना बगाएको अवस्थामा छन्, केही योजनाको पुनःनिर्माण गर्दामात्रै पनि महिनौ लाग्छ’ उनले भने ‘विकल्पविहिन अवस्थामा छौं ।’
विद्युतसँगै बाढीले सडक बगाएपछि पैलदयात्रा समेत सहज छैन् । ‘कठिन भुगोल छ बाटोहरु क्षतविक्षत हुँदा हिँडिनसक्नु छन्’ पोखरेलले भने ‘ठुलाखोला तर्नै मुस्किल, पुलहरुको नामनिसाना छैन् ।’
बाढीले भुजीखोलामा रहेका ११ वटा काठेपुल बगाएको छ । जुन पुलहरु स्थानीयले सहज आवतजावतका लागि निर्माण गरेका थिए । काठेपुल बगाउँदा भुजीखोला वारपार गर्नै समस्या छ । जसका कारण बेपत्ताको खोजी र उद्धारका काममा कठिन भएको प्रहरीले जनाएको छ । सोही खोलाका ३ वटा झोलुंगे पुल, ५ वटा पक्कि पुल, दुई विद्यालय भवनको नामनिसाना छैनभने एक स्वास्थ्य इकाई बाढीले बगाएको पोखरेलले बताए । १ सय ३० घर बस्न नमिल्नेगरी क्षति पुगेको अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->