मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बाढीपहिरो पीडितलाई राष्ट्रिय जनमोर्चाको सहयोग

बाढीपहिरो पीडितलाई राष्ट्रिय जनमोर्चाको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७७, आइतबार

बागलुङ, २१ भदौ– राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटनका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । ढोरपाटनको देउराली जंगलबाट झरेको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ज्यान गुमाएका परिवार, बेपत्ता तथा विस्थापित परिवारलाई पार्टीको विपद् कोषबाट आर्थिक सहयोग गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको नेतृत्वमा बोबाङ पुगेको जिल्ला स्तरीय टोलीले पीडित परिवारको घर घरमै पुगेर आर्थिक सहायता प्रदान गरेको सचिव पोखरेलले बताए ।
जनमोर्चाले मृतक परिवारका लागि प्रतिपरिवार पाँच हजार तथा विस्थापित परिवारका लागि प्रतिपरिवार दुई हजारका दरले राहत हस्तान्तरण गरेको छ । मृतक २१ घरपरिवारलाई १ लाख ५ हजार तथा विस्थापित ७५ परिवारलालाई १ लाख ५० हजार गरी कुल २ लाख ५५ हजार रुपैयाँ वितरण गरेको जनाएको छ ।
प्रारम्भिक तथ्यांकका आधारमा राहत वितरण गरिएको र मृतक तथा विस्थापित परिवार संख्या थपिन सक्ने भएकाले नगरपालिकाको तथ्याँकका आधारमा पार्टीले थप राहत रकम प्रदान गर्ने अध्यक्ष थापाले बताए । पीडितको पीडामा सामान्य भएपनि मल्हम लगाउन पार्टि केन्द्र र जिल्लाले तयार पारेको विपद् कोषबाट राहत प्रदान गरेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->