आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना संक्रमण

गण्डकीका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७७, आइतबार

पोखरा, २१ भदौ – डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ। नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी अर्याललाई आइतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।  यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था सामान्य छ।  डिआइजी अर्यालले कन्ट्याक्ट ट्रेसिङपछि बिहीबार परीक्षणका लागि स्वाब दिएका थिए। त्यसको रिपोर्ट चार दिनपछि मात्रै आएको उनले बताए। संक्रमण पुष्टि भएपछि उनी अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा रहेका छन्।
नेपाल प्रहरीकाे सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा काेराेना देखिएसँगै पाेखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारी जाेखिमममा परेका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा १ महिना पहिला काेराेना देखिएपछि जिल्लाकाे सुरक्षाका लागि उक्त कार्यालयबाट प्रहरी खटिएका थिए । उताबाट फर्किएर क्वारेन्टाइनमा बसेका प्रहरीकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे थियाे । त्यही कार्यालयमा पार्टी खान पुगेका गण्डकी प्रदेशकै एक सा‌ंसदमा काेराना पुष्टि भएर हाेम आइसाेलेसनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->