मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा फोहोर विवाद: ‘फोहोर उठाउन पनि कमिसन खोज्ने ?’

बागलुङमा फोहोर विवाद: ‘फोहोर उठाउन पनि कमिसन खोज्ने ?’

नगरपालिकाले आफ्नो ट्रयाक्टर र अर्को टिपर सहकारीलाई दिएर फोहोर उठाउन लगाएको थियो ।


  • ढोरपाटन संबाददाता
  • भाद्र २१ २०७७, आइतबार

बागलुङ, २१ भदौ-धौलागिरी फोहोर व्यवस्थापन सहकारीसँगको सहकार्य टुटाएको भन्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरप्रमुखको खरो आलोचना गरेका छन् । आइतवार उनले पत्रकार सम्मेलन गरेर नगरप्रमुखको कमिसन खाने कार्यका लागि सम्झौता तोडिएको आरोप लगाए । सहकारी संस्थाले मर्मत गर्न लागेको ट्रयाक्टरको ८५ हजार बील आउने स्थानमा नदिएर १ लाख ९५ हजार रुपैयाँ आउने स्थानमा दिन दवाव दिएको, जनप्रतिनिधि आउने बित्तिकै राखेको माग वास्ता नगरेको तर अन्तिम अबस्थामा सहकारीले अन्य परियोजना भित्राउन लागेको मौका छोपेर सम्झौता तोडेको आरोप उपप्रमुख खड्काले लगाए ।
सहकारी संस्थाले तीन बर्ष अघि खरिद गरेको कम्पोष्ट मल बनाउने मेसिन थन्केर बसेको तर सामान्य जडान खर्च माग हुँदा नदिएको समेत आरोप लगाए । मेसिन स्थापनाका लागि बिद्युत लाइन बिस्तार भैसकेपछि सम्झौता तोडिनुमा नगरप्रमुख र केही अन्य कर्मचारीको मिलेमतो भएको उनले सुनाए । नगरकार्यपालिकाको साउन ३२ गतेको बैठकले सम्झौता तोड्ने निर्णय गरेको थियो । उक्त निर्णयमा उपप्रमुख खड्काले नोट आफ डिसेन्ट लेखेको बताए ।
आफ्नै नेतृत्वमा गठित कार्यदलले दिएका सुझाव र धेरै निर्णय बिपरित सम्झौता तोडिएपछि बिरोधमा उत्रनु परेको खड्काले टिप्पणी गरे । ‘सहकारीलाई माथी पारेर सम्झौता भएका थिए, त्यसैले परिमार्जन गरौं भन्दा मेयरसाप मान्नु भएन’ उनले भने, ‘जव कमिसनको कुरा आयो, त्यसपछि सहकारीले दिन नमान्दा सम्झौता तोडियो ।’ उनले नगर भित्रका हरेक खरिद प्रकृयामा कमिसन खोज्ने प्रवृत्तीले बिकास ओझेल परेको आरोप लगाए ।
सम्झौता तोडिएको पत्र पनि सहकारीलाई नदिएको अध्यक्ष सुधिर श्रेष्ठले बताएका छन् । ‘हामीले काम गरिरहेका थियौं, लकडाउनको समयमा कर्मचारी अभाव र सुरक्षाका कारण फोहोर नउठेको बाहना बनाएर एकतर्फी सम्झौता तोडियो’ श्रेष्ठले भने, ‘यो सम्झौता बिपरित हामी अदालत पनि जाने तयारीमा छौं ।’
नगरपालिकाले आफ्नो ट्रयाक्टर र अर्को टिपर सहकारीलाई दिएर फोहोर उठाउन लगाएको थियो । सवारी साधनमा तेल खर्च र मर्मत दिने भनेपनि प¥र्याप्त नभएकोले गत बर्षको मर्मत खर्च सहकारीले माग गरिरहेको थिाये । महालेखा परीक्षकले पनि ४ लाख रुपैयाँ बेरुजु देखाएको थियो । नगरप्रमुख जनकराज पौडेलले सम्झौता अनुसार काम नगरेको र जनताको घरदैलोमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको भन्दै सम्झौता तोडेको बताए । उनले काम नगरेपछि सम्झौता तोड्ने अधिकार नगरलाई भएको दावी गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->