सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी अस्पतालको हाइ केयरमा थपियो उपकरण

धौलागिरी अस्पतालको हाइ केयरमा थपियो उपकरण

कार्यक्रम मार्फत बिनियोजन भएको ५० लाख रुपैयाँ बाट टेन्डर मार्फत ती सामाग्री आएका हुन् ।


  • ढोरपाटन संबाददाता
  • भाद्र २१ २०७७, आइतबार

बागलुङ, २१ भदौ-स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत बागलुङ क्षेत्र नं. १ का सांसद सूर्य पाठक मार्फत आएको रकमबाट धौलागिरी अस्पताल बागलुङमा विभिन्न उपकरणहरु भित्राइएको छ । अस्पतालमा निर्माण गर्न लागिएको हाइकेयर युनिटकालागि ती सामाग्री झिकाइएको थियो ।
कार्यक्रम मार्फत बिनियोजन भएको ५० लाख रुपैयाँ बाट टेन्डर मार्फत ती सामाग्री आएका हुन् । आइतवार एक कार्यक्रमका बीच डा. पाठकले धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई हस्तान्तरण गरे ।
टेन्डर मार्फत झिकाइएका सामाग्रीमा एनेस्थेसिया वर्क स्टेशन, प्यासेन्ट मनिटर र भिडियो लर्निङ सेप(भिडियो मार्फत श्वास नलीको परीक्षण गर्ने मेसिन) आइपुगेको हो । ती सामाग्री माफृत अस्पतालमा हाइ केयर युनिट बनाइने छ । सांसद पाठकले यस अघिनै रकम बिनियोजन गराएपनि प्रकृयागत रुपमा सामान ल्याउन ढीलाई भएको थियो ।
अस्पतालमा आइसियु समेत निर्माण भएको छ । उक्त आइसियुमा राख्ने बिरामी वा अति संवेदनशिल अवस्थाका बिरामीको उपचारमा ती सामाग्रीहरु उपयोग हुनेछन् । मूल्यका हिसाबले सामान्य जे जस्तो भएपनि दिर्घकालिन रुपमा अस्पतालको क्षमता बिकास गर्न र सेवालाई चुस्त बनाउन ती सामाग्री उपयोगी हुने रानाले बताए ।
कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै सांसद पाठकले आफ्नै क्षेत्रको अस्पतालको सुधारकालागि सबैले साथ दिनुपर्ने धारणा राखे । उनले आगामी दिनमापनि साथ र सहयोग रहने भन्दै पूर्वाधारले सुसज्ति भएपछि मात्रै गुणस्तरीय सेवा प्रवाह गर्न सकिने बताए । त्यसकालागि दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि निरन्तर खटिनुपर्ने बताए । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी टिकाइ राख्नकालागि पनि अस्पताल व्यवस्थापन समितिले भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षता, जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालको संचालन र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कोरोनाको संक्रमणका कारण अस्पतालमा अहिले बिरामीको चाप छैन । कोरोना संक्रमित र आकस्मिक सेवाका बिरामी मात्रै छन् । जनजीवन सामान्य भएपछि आउने बिरामी र जटिल अस्वस्थाका बिरामीकालागि यो अस्पतालको पूर्वाधार बिकास कार्यक्रमले ठूलो उर्जा मिल्ने पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->