पोखरा, २१ भदौ – तमु धिं नेपाल केन्द्रीय आमा समितिको सातौं वार्षिक साधारणसभा तथा दोश्रो महाधिवेशनले पञ्चकुमारी तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
महाधिवेशनले कार्यसमितिको प्रथम उपाध्यक्षमा जनप्रिय टोल समाजकी पवित्रा तमु, द्धितीय उपाध्यक्षमा बगर तमु समाजकी एनशोभा तमु, महासचिवमा फिर्के तमु समाजकी बिना घले, सचिवमा तमु सेवा समिति नयाँबजारकी बालकुमारी तमु, सहसचिवमा मिलिजुली विजयपुर तमु समाजकी बालकुमारी तमु, कोषाध्यक्षमा ताङतिङ दूधपोखरी तमु समाजकी बालकुमारी तमु, सहकोषाध्यक्षमा याङ्जाकोट तमु समाजकी आशकाशी तमु चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा खिलाङ तमु समाजकी टिका तमु, चिउली पाचे तमु समाजकी विष्णु तमु, फूलबारी तमु समाजकी शिवकुमारी तमु, तमु सहयोग समिति पार्दीकी छली तमु, कोल्मा बहाकोट तमु समाजकी बिमला तमु, सिद्धार्थ तमु समाजकी रेखी माया तमु, तनहु तमु समाजकी श्रीमाया तमु, पैयुखोला तमु समाजकी मनमाया तमु र चारभञ्ज्याङ तमु समाजकी बेलकुमारी तमु समाज चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई तमु धिंका द्धितीय उपाध्यक्ष एवम निर्वाचन समितिका संयोजक हुमबहादुर तमुले प्रमाणपत्र वितरण गरेका थिए । यसैबीच तमु धिं नेपाल केन्द्रीय आमा समिति स्थापना कालदेखि क्रियाशील एवम विगत आठ वर्षदेखि आमाहरुको अत्यन्तै उदाहरणीय नेतृत्व गरि आमा समितिबाट बिदा भएकी अध्यक्ष हरिमाया तमु, सदस्यहरु गीता तमु, दुर्गा तमु, सत्यदेवी तमु, मीना तमुलाई प्रसंसापत्रसहित क्रमुबाट प्रमुख अतिथि हुमबहादुर तमु र नवनिर्वाचित अध्यक्ष पञ्चकुमारी तमुले सम्मान गरेका थिए ।
कार्यक्रममा गत एक वर्षमा सबैभन्दा क्रियाशीलता र योगदानको मूल्यांकन गर्दै फिर्के तमु समाजकी चन्द्रकुमारी तमु(लालु)लाई उत्कृष्ठ आमा, चिउली पाचे तमु समाज आमा समितिलाई उत्कृष्ठ आमा समिति र ब्रेज मेश्रों घान्द्रुक तमु समाजकी ७८ वर्षीया रसकुमारी तमुलाई उष्कृष्ट जेष्ठ आमा २०७७ बाट सम्मानपत्र, क्रमुसहित सम्मान गरिएको थियो।साधारणरणसभामा महासचिव एनशोभा तमुबाट प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी तमुबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।





