आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमित खोज्दै जनप्रतिनिधिहरु, प्रवेशमा युवाहरुको निगरानी

संक्रमित खोज्दै जनप्रतिनिधिहरु, प्रवेशमा युवाहरुको निगरानी


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

पोखरा, २२ भदौ – पोखरा महानगरका ३ वडाका विभिन्न टोल भदौ १९ गते राति १२ बजेदेखि सिल छन् । पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २३ मजदुरमा एकैचोटी कोरोना संक्रमण देखिएपछि तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेर वडाका विभिन्न स्थान सिल हुने बताएका थिए ।
कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो बनाउन वडाले एक हप्ताको लागि वडाका विभिन्न टोलहरु सिल गर्ने निर्णय लिएको थियो । स्थानीय युवाहरुको निगरानीमा टोल प्रवेशमा कडाई गरिएको छ । वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले वडा सिल गरेर तीव्र गतिमा संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य जारी राखेको बताए । हालसम्म संक्रमितहरुको सम्पर्कमा आएका २ सय बढीको पहिचान भइसकेको उनले जानकारी दिए ।
वडा प्रवेश गर्ने चोक चोकमा अहिले स्थानीय युवाहरुले पहरा दिइरहेका छन् । अत्यावश्यक र ढुवानीको सवारीलाई भने चल्न दिइएको छ । खाद्यान्न तथा तरकारी, फलफूलका पसल बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको लागि खुलेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको भदौ २३ गते स्वाब संकलन हुँदैछ । ‘अहिले सबै जना होमआइसोलेसनमै बसिरहनु भएको छ । ५ दिन परिपक्व हुन लाग्ने रहेछ । पर्सी वडा कार्यालयमा कन्ट्याक्ट ट्रेसिङमा परेका सबै जनाको स्वाब संंकलन हुन्छ,’ वडाध्यक्ष लामाले भने ।
वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुङका अनुसार कन्ट्रयाक्ट टे«सिङको लागि औद्योगिक क्षेत्र उद्योग संघलाई पनि गुहारिएको जानकारी दिए । संंक्रमित भएकाहरु टेलिफोन अफ भएको र उनीहरुसँग घरमा को–को छन्, कहाँ बस्थे भन्ने जानकारी नपाउँदा समस्या भएको छ । ‘जो संक्रमित छन्, उनीहरुसँग सम्पर्क छैन अनि कसरी उनीहरुको सम्पर्कमा आएका मान्छे थाहा पाउने ?’, वडाध्यक्ष गुरुङले प्रश्न गरे,‘ महानगरको चाल पनि भद्रगोल छ, हामीले थाहा पाएसम्मकालाई पीसीआरको लागि पठाएका छौं ।’ यता, वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीको भनाई पनि उस्तै छ । संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी जारी राखिए पनि एकीन तथ्याङ्क पाउन कठिनाई भएको छ । ‘शनिबार करिब १५० जनाले स्वाब दिनुभएको छ’, उनले भने,‘हामीले टोलैपिच्छे संक्रमितको सम्पर्कमा कोही परेको भए खबर गर्न भनेका छौं ।’
औद्योगिक क्षेत्र भित्रको एक बिस्कुट कम्पनीमा कार्यरत मजदुरमध्ये २३ जना संक्रमितहरु बस्ने टोल सिल गरेर कन्ट्याक्ट ट्रेसिङलाई अघिबढाउने योजनाअनुसार तीनै वडाले संक्रमित भेटिएका ठाउँलाई सिल गरेका थिए । एकैचोटी कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलोका लागि वडाले टोल सिल गरेको थियो ।
वडा नम्बर १०, १२ र १३ अन्र्तगतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल ढिकालेथर हुँदै कुँडहर चोक मीपाँपाटनसम्मका सबै क्षेत्र । यसैगरी लालीगुराँस मिनीमार्ग प्रगतीटोल, बिपी माग क र ख हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल छन् ।
संक्रमितको दर ह्वात्तै बढेपछि चार महिना लामो लकडाउन खुलेको एक महिनापछि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २ गतेदेखि १२ गतेसम्म कडा निषेधाज्ञाको घोषणा गरेको थियो । १२ गतेपछि शर्तसहित संक्रमितको संख्या बढेमा पुन निषेधाज्ञा जारी गर्ने गरि निषेधाज्ञाको म्याद थप्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय लिएको थियो । प्रशासनले सोही निर्णयलाई दोहो¥याएर भदौ २७ गतेसम्मको लागि कायम राखेको छ । पछिल्लो अपडेटअनुसार कास्कीमा कुल संक्रमितको संख्या ४२२ पुगेको छ । पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यका अनुसार पोखरामा १९६ एक्टिभ केस उपचाररत छन् भने ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मृतक ७ मध्ये २ जना बाहिरी जिल्लाका हुन् । बाँकी ५ जना पोखरा महानगरकै बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->