आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मृत्यु भएका १६ मध्ये थप एक जनाको शनाखत

मृत्यु भएका १६ मध्ये थप एक जनाको शनाखत


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

बागलुङ, २२ भदौ– भदौ १७ गते बुधबार रातीको बाढीपहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १६ मध्ये थप एक जनाकोसनाखत भएको छ । पछिल्लो पटक शवको सनाखत हुनेमा ढोरपाटन नगरपालिका–९ २२ वर्षिय नारायण बिक रहेका छन् ।
उनका बुबा तुलबहादुर बिकले आईतवार राती शवको शनाखत गरेपछि पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाईएको छ । यसअघि उक्त बाढीपहिरोमा परी मृत्युभएका १४ जनाको शनाखत भैसकेको छ । एक जनाको शवको अझै शनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । पहिरोमा परी २२ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->