सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सामाजिक संजाल दुरुपयोग गरेको भन्दै साइवर क्राइमको जाहेरी

सामाजिक संजाल दुरुपयोग गरेको भन्दै साइवर क्राइमको जाहेरी


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

बागलुङ, २२ भदौ– पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी र सहसचिव सुवास आचार्यले आँफू बिरुद्ध सामाजिक संजाल दुरुपयोग गरेर गालीगलौज गर्नेलाई साइवर अपराध मुद्दामा जाहेरी दिएका छन् ।
राजभण्डारी र आचार्य सहित अर्का पत्रकार रामप्रसाद घिमिरेलाई बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेका चन्द्रकान्त पौडेलले पेशा र व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी फेसबुकमा जथाभावी लेखेर गाली गलौैज गरेपछि मुद्दा दिएका हुन् । उनीहरुले महानगरिय प्रहरी परिसरमा जिल्ला प्रहरी कार्यालय बागलुङ मार्फत उजुरी गरेका हुन् । उनले पत्रकार सहित मुक्तीनाथ बेद विद्याश्रमका सल्लाहकार ऋषिप्रपन्नाचार्य र पञ्चकोट धामका अगुवा कमलनयन आचार्य बिरुद्ध समेत मानमर्दन हुने गरी सामाजिक संजाल दुरुपयोग गरेर लेखेका थिए । उक्त लेखाइले आफ्नो मानहानी भएको, बिद्युतीय अपराध ऐन आर्कषित हुनेगरी लेखिएकोले उजुरी दिन बाध्य भएको पत्रकार राजेशचन्द्र राजभण्डारीले बताए ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बागलुङले पनि खेत व्यक्त गरेको छ । पत्रकारको पेशागत म¥र्यादा र व्यक्तिगत स्वतन्त्रतालाई समेत आघात पर्ने अभिव्यक्ती दिएको र सामाजिक संजालमा पोष्ट भएकोले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनामा संलग्नलाई कारवाहीकालागि माग पनि गरिएको छ । पेशागत बिषय भएमा खण्डन गर्ने अधिकार रहेकोमा सो नगरी प्रतिष्ठामा आँच आउने क्रियकलाप खेदजनक भएको समेत बिज्ञप्तीमा जनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय मार्फत दिएपछि काठमाण्डौ स्थित महानगरिय परिसरले हेर्ने व्यवस्था छ । उक्त घटनाबारे महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाईपनि जानकारी गराएको छ । पौडेल बिरुद्ध अन्य मुद्दा पनि परिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->