बागलुङ, २२ भदौ– सोमबार देशभरि १७औँ निजामती सेवा दिवस मनाईएको छ । ‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ यो दिवस मनाईएको होे ।
बागलुङमा पनि दिवसको अवसरमा बिबिध कार्यक्रम भएका छन् । कोभिड– १९ जोखिमका कारण जिल्ला स्थित कर्मचारीसँग सम्बन्धित संघ संगठन तथा कार्यालयहरुले यसपटक कुनै औपचारिक कार्यक्रम नगरी अनौपचारीक रुपमै दिवस मनाएका हुन् । जिल्ला प्रसासन कार्यालय बागलुङले कार्यालय परिसर भित्रै बृक्षारोपण गरेर दिवश मनाउन भनेको थियो ।
प्रशासनले पनि पहिलो सेवाग्रहीलाई खादा माला ओडाएर दिवस मनाएको थियो । सडक डिभिजन कार्यालय बागलुङले भने दिवसको अवसर पारेर सडक छेउमा बृक्षारोपण गरेको छ । सडक जोगाउनु सबैको दायीत्व हो भन्ने बोध गराउनकालागि बागलुङ पोखरा राजमार्ग अन्र्तगत बाङ्गेचौर खेलमैदान नजिकैको सडक छेउमा बृक्षारोपण गरेको कार्यालय प्रमुख रामेश्वर लम्सालले बताए । ‘हामी सडकमा काम गर्ने कर्मचारी, सडककै हित हुनेगरी कामगरियो’ उनले भने ‘फुलकै बिरुवाभएपनि सडक छेउमा रोप्दा सडक जोगिन्छ ।’ कार्यालयले धुपी र फुलका बिभिन्न प्रजातीका २ सय बिरुवा सडक छेउमा रोपेको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि पहिलो सेवाग्रहीको स्वागत गरेर दिवस मनाएको थियो । अन्य कार्यालयहरुले कसैले बृक्षारोपण र कसैले सेवाग्रहीको स्वागत गरेर दिवस मनाएका छन् ।





