मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बाटो बनाउँदै गरेको एस्काभेटर पहिरोले पु-यो

बाटो बनाउँदै गरेको एस्काभेटर पहिरोले पु-यो


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

बागलुङ, २२ भदौ –  बाढीपहिरोले भत्काएको सडक निर्माणको क्रममा पहिरो खस्दा एस्काभेटर पुरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ को पहिरोले बगाएको सडक निर्माणका क्रममा वडा नं. ६ को दोगाडीमा पहिरोले एस्काभेटर पुरेको हो । गत बुधवारको बाढीपहिरोले सडक बगाएपछि आवतजावत रोकिएको थियो । रोकिएको यातायात संचालनका लागि एस्काभेटर लगाएर सडक बनाउने काम भैरहेको थियो । ध १ क ७४ नम्बरको उक्त एस्काभेटर पुरिएपनि मानवीय क्षती भने भएको छैन । चालक सकुशल बाहिर निस्केपछि थपिएको पहिरोले एस्काभेटर पुरेको बताइएको छ । प्रहरी हवल्दार जिवलाल तिवारीको कमाण्डमा गएको टोली सहित बुर्तिवाङबाट जेसिबी पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->