मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटनका बाढी प्रभावितलाई दलित युवा संजालको सहयोग

ढोरपाटनका बाढी प्रभावितलाई दलित युवा संजालको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

बागलुङ, २३ भदौ– दलित युवा संजाल बागलुङले ढोरपाटन नगरपालिका बोबाङका बाढीपहिरो प्रभावितलाई आर्थिक तथा खाद्यन्न सहयोग गरेको छ ।
बागलुङ बजारमा आफ्ना शुभचिन्तकहरुसंग आर्थिक सहयोग संकलन गरेर संजालले बाढीपहिरो पीडितलाई १ लाख ५० हजार नगद र खाद्यन्न सामग्री सहयोग गरेको हो ।
सोमबार ढोरपाटन नगरपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरि दलित युवा संजालका अध्यक्ष राजकुमार बोसेल र सचिव राहुल बोहराले नगरप्रमुख देव कुमार नेपाली तथा उपप्रमुख करमति पुनलाई राहत रकम तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख देव कुमार नेपालीले बाढीपहिरोबाट प्रभावित बोबाङका अधिकांश दलित समुदायको पीडामा संजालले उपलब्ध गराएको सहयोगले ठूलो राहत पुग्ने बताए । संजालले खेलकुद र दलित समुदायको क्षेत्रमा गर्दै आएको कामप्रति नगरप्रमुख नेपालीले प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै संजालका अध्यक्ष राजकुमार बोसेलले बाढीपहिरोबाट आफन्तजन र ठुलो भौतिक क्षति व्यहोरेका नागरिकको दैनिकी सहज हो भनी राहत उपलब्ध गराईएको बताए । कार्यक्रममा स्वागत संजालका सचिव राहुल बोहरा र संचालन सदस्य रामकृष्ण बोहराले गरेका थिए ।
गत भदौ १७ गते राती ढोरपाटनको देउराली डाँडाबाट खसेको पहिराले भुजिखोला थुनिएर भीषड बाढी आउँदा १७ जनाले ज्यान गुमाएका छन्भने २१ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->