आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका तीन स्वास्थ्यकर्मिसहित गण्डकीमा ३८ जना थपिए

बागलुङका तीन स्वास्थ्यकर्मिसहित गण्डकीमा ३८ जना थपिए


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

बागलुङ, २३ भदौ– बागलुङको तमानखोला गाउँपालिकाका तीन जना स्वास्थ्यकर्मि सहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोलाका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण देखिएको हो । यसअघि त्यहाँ कार्यरत एक जना अनमिमा कोरोना पुष्टि भएपछि उनिहरुको परीक्षण गरीएको थियो । कन्ट्याक ट्रेसिङमा परेका तमानखोला गाउँपालिका–१ का ३८ र ४० बर्षिय पुरुष, तथा २३, २९, २८ र २२ बर्षिया महिला, वडा नं. २ का १८ बर्षिया महिला, वडा नं. ५ का ३० बर्षिया महिला र वडा नं. ८ का १९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार दोस्रो पटक जारी गरेको बिज्ञप्ती अनुसार बागलुङका नौ जना सहित गण्डकी प्रदेशमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्किको पोखरा महानगर पालिकामा २६ जना र तनहुँको आबुखैरेनीमा ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा संक्रमितको संख्या थपिएको हो । पोखरामा संक्रमण पुष्टि भएका मध्ये एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी हुनभने २७ बर्षका १ जना महिला पार्कल्याण्ड अस्पतालका चिकित्सक हुन् । पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रा.लि.मा कार्यरत २० जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मंगलबार संक्रमण पुष्टि भएका बाँकी सबै कन्ट्याक ट्रेसिङमा परेका हुन् । संक्रमित सबैलाइ आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->