आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ तमानखोलाका तीन स्वास्थ्यकर्मीसहित गण्डकीका ५९ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ तमानखोलाका तीन स्वास्थ्यकर्मीसहित गण्डकीका ५९ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

पोखरा, २३ भदौ – बागलुङको तमानखोला गाउँपालिकाका तीन स्वास्थ्यर्मीसहित मंगलवार गण्डकीका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलवार जारी गरेको छुट्टाछुट्टै तीन विज्ञप्तिका अनुसार बागलुङ सहित कास्की, गोरखा, तनहुँ र नवलपुरका ती ब्यक्तिमा संक्रमण देखिएको हो ।
संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा भएको पिसिआर परीक्षणमा बागलुङको तमानखोलाका ३ जना पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको हो । तमानखोला गाउँपालिका वडा नम्बर– १ का ३८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष र २३ बर्षिय महिला, २९ बर्षिया, २२ बर्षिय र २८ बर्षिय महिला, वडा– २ का १८ बर्षिय महिला, वडा–५ का ३० बर्षिय महिला, र वडा–८ का १९ बर्षिय पुरुषलाई संक्रमण भएको छ । यी संक्रमित मध्ये तीन जना स्वास्थ्यकर्मी हुन ।
कुनै ट्राभल हिस्ट्री नभएका एक जना स्वास्थ्यकर्मी र एक जना चनाचटपटे व्यावसायीलाई भदौ १४ गते संक्रमण पुष्टि पहिचान भएको थियो । समुदायस्तरका कोरोना संक्रमण फैलिएपछि तमानखोला गाउँपालिका स्वास्थ्य शाखाले १ सय १९ जनाको स्वाब परीक्षणको लागि पोखरा पठाएको थियो । त्यहाँका ९ जना बाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुलाई बूर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका आईसोलेसन कक्षमा लैजाने तयारी छ । कन्ट्याक्ट टे«सिङ गर्दा भदौ २० गते एक महिलामा पनि संक्रमण देखिएको थियो । पालिकामा संक्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङको लागि १५ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञाको अवधिमा अनावश्यक हिडडुल, सवारी संचालन, सामुहिक भेला, बैठक जस्ता कार्यलाई निषेध गरिएको छ ।
त्यसैगरी, कास्कीको पोखरा महानगरपालिकाका ३१ जना, तनहुँ आवुखैरनीका ३ जना, गोरखाका गोरखा, बारपाक सुलिकोट, भीमसेनथापा र सिरनचोकका १० जना र नवलपरका गैडाकोट र कावासोतीका ६ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरामा संक्रमण पुष्टि भएका मध्ये एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी हुनभने २७ बर्षका १ जना महिला पार्कल्याण्ड अस्पतालका चिकित्सक हुन् । २० जना महिला र ४ पुरुष पोखरा फुड्स प्रा.लि.मा कार्यरत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->