सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बेपत्ता खोज्दै मिर्मि पुग्यो प्रहरी

बेपत्ता खोज्दै मिर्मि पुग्यो प्रहरी


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

बागलुङ, २३ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ मा बाढीपहिरो गएको पाँच दिन बितेपनि बेपत्ता भएका सबैजना भेटिएका छैनन् । खोजी कार्य जारी छ । प्रहरी, सशष्त्र र सेनाले व्यापक खोजी गरिरहेपनि अहिले सम्म भेट्न नसकिएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वको टोलीले गुल्मीको रिडी र स्याङजाको मिर्मि स्थित कालीगण्डकीको ड्याम सम्म बेपत्ताको खोजीमा निस्केका छन् । शव भेटिन्छ की भनेर खोजीमा हिड्दा केही पत्ता लगाउन नसकिएको उनले बताए । दिनभर खोजी उद्दार गर्दा मरेको भैसी मात्र भेटिएको समेत उनले बताए । ठूलो पहिरो, खोलामा धेरै ढुंगागिटीको थुप्रो र बगेको पानी बडिगाड हुँदै कालीगण्डकीमा पुग्ने भएकोले खोजी उद्दार कठिनाइ भएको हो ।
बर्षातमा नदीको बहाव पनि ठूलो छ । बगेर कालीगण्डकीको ड्याममा पुगेको अबस्थामा मात्रै सफाइको क्रममा शव भेटिन सक्छ । बिचबिचमा अड्केको अबस्था भएमा खोजी भएपनि भेटाउन कठिन हुने भण्डारी बताउँछन् । खोजी गरिएको खण्ड झण्डै एकसय किमी भन्दा लामो स्थान पर्छ । सानो जनशक्तीले धेरै स्थानमा खोजी गर्न कठिन छ । पानीको बहाव कम भएपछि भने बगरमा भेटिन सक्ने उनले बताए । पुरिएर शवहरु गल्ने अबस्था भयो भने पत्ता लाग्न पनि कठिन हुने खोजीटोलीको भनाइ छ ।
घटनास्थलमै पनि ठूला ढुंगा भएकोले खोजी उत्तिकै समस्या छ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीका अनुसार यहाँका ८० घर पूर्ण रुपमा बगाएको छ । ५१ घरमा आंशिक क्षति भएको छ । पहिरोमा परेर १६ जनाको मृत्यु भएको हो भने २२ बेपत्ता छन् । ती घरमा बाँचेका झण्डै ३ सय ५० जना बिस्थापितमा परेका छन् । बिस्थापितहरु गाउ“मा रित्तिएका घर, आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । केहीले बारीमा टेन्ट टाँगेर बस्न बाध्य छन् ।
गण्डकी प्रदेश सरकारले मृतकका परिवारलाई एक–एकलाख रुपैयाँ दिने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रति परिवार ३ लाख दिने आश्वासन दिएर फर्केका छन् । तर घर गुमाएकाहरुले कसरी बनाउने भन्ने अन्यौल छ । बा“चेकाहरु अधिकांस महिला र बालबालिका छन् । उनीहरुकालागि अभिभावकको खाँचो भएको स्थानीयले बताएका छन् । नगरप्रमुख नेपालीले भने घर बनाउने सबैलाई व्यक्तिगत रुपमा जस्तापाता सहयोग गर्ने आश्वासन दिएका छन् । सानो लगानीले संभव नभएकोले संघिय सरकारमार्फत आवास निर्माणको काम थाल्नुपर्ने उनको भनाई छ ।
यसैबीच राहत बितरणका लागि आएका धेरै संघसंस्थालेपनि नगरपालिकालाई हस्तान्तण गरेका छन् । नगरपालिकाले एकद्वार प्रणालीबाट सबै राहतलाई पिडितको हातमा पु¥याउने लक्ष राखेको छ । ढोरपाटन तर्फ जाने सडक क्षतबिक्षत भएको छ । सहजै जान नसकिने, गएपनि खाद्यान्न र राहतका सामाग्री लिएर जान कठिन भएको छ । ‘सवारी साधन पुग्ने गरी सडकको ट्रयाक खोल्न सकियो भने राम्रो हुन्थ्यो’ वडा नं. ८ का अध्यक्ष नन्दे सुनारले भने, ‘जान खोजेका र सामान लैजानै पर्नेलाई पनि सडकको सास्ती भएको छ ।’ सडक मार्ग खुलाउन नगरपालिकाले पहल थालिसकेको छ । तर ठूलो पहिरो, खोला र ढुंगा पन्छाउनुपर्ने भएकोले ढीलाई भैरहेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->