मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जन्मदिनको खर्च कटाएर संयोगले गरे आश्रमलाई सहयोग

जन्मदिनको खर्च कटाएर संयोगले गरे आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

बागलुङ, २३ भदौ– जन्मदिनमा हुने फजुल खर्च कटाएर यहाँका एक सञ्चारकर्मीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । धौलागिरी एफएम बागलुङका प्राविधिक प्रमुख कृष्ण संयोगले आफ्नो जन्मदिनको खर्च कटाएर आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् ।
उनले आश्रमको आवश्यकताका आधारमा खाद्य सामग्री खरिद गरेर सहयोग गरेका हुन् । संयोगले २० किलो चिउरा, ३ किलो दाल, चना, केराउ, साबुन, चियापत्ति, मसला, बेसारलगायतका सामग्री आश्रमका सञ्चालकलाई हस्तान्तरण गरेका थिए । जन्मदिनको बहानामा हुने फजुल खर्चले आश्रममा आश्रितहरुलाई एकै छाकको लागि भएपनि सहयोग पुगोस् भनेर खाद्यान्न सहयोग गरेको संयोगले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->