बागलुङ, २३ भदौ– तमानखोलामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि वडा नम्बर ५ मा कडाई गरिने भएको छ । मंगलबार राती १२ बजेदेखी असोज २ गते राती १२ बजेसम्मका लागि उक्त वडामा कडाई गरिने वडा अध्यक्ष हिरा बहादुर विकले जानकारी दिए । वडाको बैठकले समुदायमा थप संक्रमण फैलिन नदिने उद्देश्यले १० दिनसम्म कडाई गर्ने निर्णय गरिएको वडाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सुचनामा वडा कार्यलयमा आपतकालिन सेवाबाहेक खुंखानी स्वास्थ्यचौकी, थास्पुरी सामुदायिक स्वास्थ्य इकाई ओपिडीबाहेक ईमेरजेन्सी सेवा खुल्ला गरिने, व्यवसाय र आपतकालिनबाहेक अन्य सवारी आवतजावत पुर्ण रुपमा बन्द गरिने उल्लेख गरिएको छ ।





