बागलुङ, २३ भदौ– बागलुङको ताराखोला गाउँपालिका वडा नं. २ धर्तिशेरामा एक पुरुषको शव फेला परेको छ । गत शुक्रबारदेखि हराईरहेका सिलेका ३२ बर्षिय भिमलाल कँडेलको शव फेला परेको हो ।
गाउँपालिकाको कार्यालयदेखि एक किलोमिटर दुरीमा रहेको खरबारीमा कँडेलको शव बेबारिसे अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । मंगलबार दिउँसो साढे तीनबजे स्थानीयले कँडेलको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
उनको शवरहेको क्षेत्रमा ताराखोला प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक युवराज सलामी मगर नेतृत्वको टोलीले सुरक्षा दिईरहेको छ ।
घटनाको थप अनुशन्धान र प्रारम्भिक कार्यको लागि ईलाका प्रहरी कार्यालय गल्कोट बागलुङ बाट प्रहरी निरिक्षक केशव सिहं थापासहितको टोली घटनास्थल पुगेको र बुधबार मात्रै उनको शवलाई कानुनी प्रकृया पुरागरी उठाईने रेग्मीले बताए । घटना के कति कारणले भएको भन्ने खुलेको छैन् ।





