मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ट्याक्टरकोे ठक्करबाट मोटरसाईकल चालक घाईते

ट्याक्टरकोे ठक्करबाट मोटरसाईकल चालक घाईते


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

बागलुङ, २४ भदौ– बागलुङमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् । बुधबार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा ट्याक्टरको ठक्करबाट मोटरसाईकल पल्टिँदा बागलुङ नगरपालिका वडा नं. ५ मलिकाका ३२ वर्षिय अर्जुन आचार्य गम्भिर घाईते भएका हुन् ।
रामरेखाको भित्री सडकमा उपल्लाचौरबाट रामरेखातर्फ जाँदै गरेको ध १ त ४०२ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ध १ प ८६३५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आचार्यको टाउको, ढाड र खुट्टामा गंभीर चोट लागेको छ । उनको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->