सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनका बाढी पिडितका लागि पालिकाको सहयोग

ढोरपाटनका बाढी पिडितका लागि पालिकाको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

बागलुङ, २४ भदौ– ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई बागलुङका तीन पालिकाले आर्थिक सहयोग गरेका छन् ।
पीडितलाई गलकोट नगरपालिकाले २ लाख, निसीखोला गाउँपालिकाले १ लाख ५० हजार र तमानखोला गाउँपालिकाले १ लाख ४० हजार नगद सहयोग गरेका हुन् ।
ती पालिकाले खाद्यान्न, पाललगायतका सामाग्री प्रसस्त पुगेको र वितरणमा मात्रै समस्या परेको थाहा पाएपछि आवास निर्माण तथा पुनस्थापनाका लागि सहयोग पुगोस् भन्ने उदेश्यले नगद सहयोग गरेको हुन् ।
तीन पालिकाले बुधवार ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई रकम हस्तान्तरण गरेका हुन् । गलकोट नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचा, निसीखोलाका अध्यक्ष तारानाथ पौडेल र तमानखोलाका अध्यक्ष जोकलाल बुढाले रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->