बागलुङ, २५ भदौ– चट्याङले लागेर बागलुङको ताराखोलामा गएराती एक युवाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङले लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीम बहादुर बस्नेको मृत्यु भएको हो । मोवाईल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएरातीनै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । चट्याङके उनको घरमा पारेको थप क्षतिको बिषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टम पछि बिहिबार (आज) परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।





