पोखरा, २५ भदौ– युके भ्रमण गरी नेपाल फर्केका लामा हित गुरुङले चारभञ्ज्याङ तमु समाज पोखरालाई सहयोग गरेका छन् । चारभञ्ज्याङका भाञ्जा, पुरानो गाउँ स्याङ्जा सिरुबारी भई हाल पोखरा ८ बगालेटोलस्थि त्रिरत्न गुम्बाका प्रमुख लामालाई स्वागतका क्रममा लामा हित गुरुङले ५० हजार १० रुपैया समाजलाई सहयोग गरेका हुन् ।
करिब साढे ५ महिना युके भ्रमण पश्चात केही समयअघि पोखरा फर्केका लामाले चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिप गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमु र समाजका कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङलाई रकम हस्तान्तरण गर्दै आफ्नो तीन पुस्तादेखि पुस्तौली सम्बन्ध रहेको चारभञ्ज्याङ तमु समाजलाई सहयोग गर्न पाएकोमा खुसी माने । यसैबीच चारभञ्ज्याङ तमु समाज पोखराको भदौ २७ गते गरिने भनिएको वार्षिक साधारण सभा तथा अधिवेशन हाललाई स्थगित गरेको छ ।





