मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटन बाढीपहिरोमा बेपत्ता धनीमायाँको हातमात्रै भेटियो

ढोरपाटन बाढीपहिरोमा बेपत्ता धनीमायाँको हातमात्रै भेटियो

बाढीपहिरोमा परी अझै १६ जना बेपत्ता छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार

बागलुङ, २५ भदौ– गत भदौ १७ गते ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरोमा परी बेपत्ता भएकी २५ बर्षिया धनीमायाँ बिकको बायाँ हात मात्रै फेला परेको छ । गुल्मिको सत्यावती नगरपालिका–१ रुद्रबेणी, वडिगाड खोला किनारमा बिहिबार बिहान बिकको हात फेला परेको हो ।
बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङ घरभएकी बिकको हात आफ्नो श्रीमतिको भनी मृतकका श्रीमान कुमार बिकले शनाखत गरेपछि उनको हात परिवारको जिम्मा लगाईएको प्रहरी नायव निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । यो सँगै बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । बाढीपहिरोमा परी अझै १६ जना बेपत्ता छन् । उनिहरुको खोजी भैरहेको भण्डारीले बताए ।
पहिरोमा बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका–९ बस्ने २१ बर्षिया टेकमाया बिक, १ बर्षिया बालिका तिर्सना बि.क, १५ बर्षिया मनिषा बिक, ९ बर्षिय बालक रोशन बिक, ४ बर्षिय रवि बिक र ६ बर्षिया प्रतिक्षा बिक रहेका छन् ।
त्यस्तै सोही ठाउँका १५ बर्षिय समुन्द्र बिक, ३१ बर्षिय जीत बहादुर घर्ती, ६ बर्षिया प्रकृति पुन, २२ बर्षिया मन कुमारी बिक, १० महिनाकी बालिका उमिसा बिक, ३८ बर्षिया हस्तमाया बिक, ६५ बर्षिया तुलमती घर्ती, ५६ बर्षिया कौशिला पुन, २१ बर्षिय विशाल पुन र ८ बर्षिय मोहन बिक अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->