सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढीले घरसम्पत्ति सबै बगायो, अब १८ लाख ऋण कसरी तिर्ने ?

बाढीले घरसम्पत्ति सबै बगायो, अब १८ लाख ऋण कसरी तिर्ने ?


  • सज्जन कुमार सिंह
  • भाद्र २५ २०७७, बिहिबार

बागलुङ, २५ भदौ– हेमबहादुर विक १२ वर्षसम्म साउदी बसे । घर परिवारको आर्थिक अवस्था सुध्रेला भन्ने आशले लगातर दुःख गरे । केही रकम जम्मा गरेर घर फर्किए । उनले ढोरपाटन ९ बोबाङमा सानो पसल सुरु गरे ।
सुरु सुरुमा पसल त्यति राम्रो चलेन । यसबाट जिविक चल्लाजस्तो लागेन । पसल ठुलो राख्ने र सबै सामान पाउने बनाउने सोच बनाए । ऋणधन गरेर पसलमा समान थप गर्दै गए । विस्तारै पसलले गति लिन थाल्यो । खाद्यन्न र अन्य सामान थपेपछि उनले व्यवसायिक फड्को मार्न थाले ।
राम्रो कारोबार गर्न थालेपछि बुर्तिवाङका व्यापारीले पनि उनलाई विस्तारै पत्याउन थाले । आधा पैसा दिने र आधा उधारो राखेर व्यवसाय गर्दा सजिलो पनि बन्दै गयो । सोही दोकान नै उनको र परिवारको जिउने मुख्य आधार भयो । ‘राम्रै गरेको थिए, विस्तारै व्यापारी र स्थानीयसँग पनि भिज्दै थिए’ उनले भने ।
उनका ३ वटा खाद्य गोदाम पनि थिए । १७ गते राति उनी खाना खाएर सुतिसकेपछि ठुलो आवाज आयो । उक्त आवाजले झस्किएर बाहिर निस्के अनि चिच्याए । उनको चिच्याइले घरका परिवार सबै बाहिर निस्के । ‘यदि म निस्केर नचिच्याएको भए बाढीले कसैलाई पनि बाँकी नराख्ने रहेछ बाढीले’ विकले भने । उनी चिच्याएपछि घरका सबै सदस्य बाँच्न त सफल भए तर उनको घर, तिनवटा खाद्य गोदामसहित सबै सम्पत्ती बगायो । पैसा र सुन निकाल्ने लोभका कारण धेरै जनाले ज्यान फालेको उनको भनाइै छ ।
गाउँका व्यापारी हेमबहादुरलाई आफ्नो घरसम्पत्ती बगेको जति पीडा छ त्योभन्दा बढी पिडा उनले तिर्नुपर्ने ऋणको छ । घरपरिवार त बरु कमण्डलू भिरेर माग्दै हिँडेर पनि पालौला, ऋण कसरी तिर्ने भन्ने समस्याले झनै बढी पिरोल्न थालेको उनी बताउँछन् । हेम बहादुरले विभिन्न दोकानका साहुलाई १८ लाखभन्दा बढि रकम तिर्न छ ।
न खाना मन लाग्छ, न निद्रा नै उनले आफ्नो व्यथा सुनाए । आफूले लगाएको टिसर्ट र हाफ पाइन्ट देखाउँदै भने, ‘यहीँ पनि अरुले दिएका हुन्, केही सोच्नै सकेको छैन टाउको घुमाउँछ, ऋणको पासोले मेलोबाटो पाइन ।’ निराश हुँदै उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->