मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बाढीपहिरोको क्षति प्रति ताराखोलाको दुःख

बाढीपहिरोको क्षति प्रति ताराखोलाको दुःख


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार

बागलुङ, २५ भदौ– ताराखोला गाउँपालिकाले आफ्नो पालिकामा बुधवार राती आएको बाढी पहिरो र चट्याङबाट पुगेको क्षति प्रति दुःख व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बिज्ञप्ती प्रकाशित गरेर मृतकप्रति श्रद्धाञ्जली दिएका हुन् । साथै मृतकको परिवारलाई सान्त्वना पनि दिएका छन् । बुधवार राती परेको चट्याङमा परेर ताराखोला गाउँपालिका वडा नंं ३ का २१ बर्षिय भीमबहादुर बस्नेतको निधन भएको थियो । साथै ताराखोलामै चट्याङबाट ३ जना घाइते भएका थिए ।
अत्याधिक बर्षातले पहिरो खस्ता वडा नं. ५ र ४ मा पनि व्यापक क्षति पुगेको बताइएको छ । हिल जाने बाटो, दलामचौरको पुल, ताराखोला सामुदायिक बिद्युतीकरण, करिमेला बस्ती लगायतमा व्यापक क्षति पुगेको छ । प्रतिकुल मौषमका कारण पुगेको क्षति प्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा सहयोग गर्ने तथा मृतकको परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउने उल्लेख छ । साथै आगामी दिनमा पनि सबैले बाढी पहिरोबाट खतरा पर्न सक्ने भएकोले सचेत भएर बस्न पनि आग्रह गरिएको छ ।
केही दिन अघि ताराखोलामै रहेको रेम्बो ट्राउटको माछा फार्ममा पनि बाढी पसेपछि १२ लाख रुपैयाँ बराबरका माछा मरेका थिए । फर्म संचालकलाई परेको क्षति प्रति पनि गाउँपालिकाले दुःख व्यक्त गरेर राहत उपलब्ध गराउने बताइएको छ । केही दिनदेखि अत्याधिक बर्षात भैरहेकोले खोलाछेउमा बाढी पहिरो आउने तथा धनजनको क्षति भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->