सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनका बाढी पीडितलाई नेकपाको साढे १९ लाख सहयोग

ढोरपाटनका बाढी पीडितलाई नेकपाको साढे १९ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार

बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले साढे उन्नाईस लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा बागलुङले नेता कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको राहत रकम ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
बिहिबार नेकपा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द नेपाली, जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटासहित नेकपाको टोली बुर्तिवाङमा पुगेर राहत रकम हस्तान्तरण गरेको कार्यालय सदस्य कृष्ण पाठकले बताए । नेकपाले १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ नगरको कोषमा जम्मा गरेको हो ।
पीडितलाई तत्काल राहत र विस्थापितलाई पुर्नस्थापनामा सहयोग गर्ने भन्दै नेकपाले राहत रकम हस्तान्तरण गरेको थियो । रकम हस्तान्तरण गर्दै नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले विपत्को सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिएका थिए । ढोरपाटनमा भएको क्षतिप्रति पार्टिको तर्फबाट दुःख व्यक्त गर्दै नेपालीले पीडितलाई राहत र विस्थापितलाई पुर्नस्थापित गराउन तीनै तहका सरकारलाई पार्टीले ध्यानाकर्षण गराएको बताए ।
जिल्ला इन्चार्ज बलावती शर्माले सानो भएपनि पार्र्टीको तर्फबाट भएको सहयोगले पीडितलाई मल्हमपट्टि लगाउन आग्रह गरिन । उनले सबै क्षेत्रबाट भैरहेको सहयोगलाई पारदर्शी ढंगले पीडितसम्म पु¥याउन नगरपालिकालाई आग्रहसमेत गरिन् । राहत रकमको चेक बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले पार्र्टीलाई धन्यवाद ज्ञापन गरे ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->