मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तल्लो लमाई समाज जापानबाट बाढीपहिरो पीडितलाई सहयोग

तल्लो लमाई समाज जापानबाट बाढीपहिरो पीडितलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार

बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितलाई प्रबासिले सहयोग गरेका छन् । गलकोट नगरपालिकाको तल्लो लमाईबाट जापानमा बिभिन्न पेशा, व्यवसाय गरेर बस्ने युवाहरुले स्वस्फुर्त सहयोग रकम संकलन गरेर पीडितलाई पठाएका हुन् । तल्लो लमाई समाज जापानले एक कार्यक्रम गरी उठाएको एक लाख २० हजार ५ सय ५० रुपैयाँ ढोरपाटन नगरपालिका मार्फत पीडितलाई सहयोग गरिएकोे समाजका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए । भदौ पहिलो साता स्थापना भएको समाजले प्राकृतिक विपति र आर्थिक अवस्था कमजोर भई उपचार नपाएका दीर्घ रोगी नागरिकलाई समेत आर्थिक सहयोग प्रदान गर्दै आएको छ । विपतको बेला मानवीय सेवा नै ठूलो धर्म हो भन्ने महसुस गरी जापानमा तत्कालै आर्थिक संकलन गरी नेपाल पठाइएको समाजले जनाएको छ । समाजले पठाएको रकम लिएर सामाजिक अभियन्ता तारा अधिकारी, यम अधिकारी, डम्बर अधिकारी, गुमान अधिकारी, रेशम खत्री र गोपाल खड्का ढोरपाटन नगरपालिका पुगेका थिए । उनीहरुले नगर प्रमुख देव कुमार नेपालीलाई उक्त रकम हस्तान्त्रण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->