आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पहिरोमा परी बागलुङको वडिगाडमा एक युवा वेपत्ता

पहिरोमा परी बागलुङको वडिगाडमा एक युवा वेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

फाईल तस्विर

बागलुङ, २६ भदौ– बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोमा परी एक युवा वेपत्ता भएका छन् । शुक्रबार बिहान अविरल बर्षासँगै आएको पहिरोमा परी दर्लिङको निगलपानीका ३५ बर्षिय दानबहादुर घर्ती मगर बेपत्ता भएका हुन् । उनलाई बारीमा काम गरीरहेको अवस्थामा पहिरोले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । अहिले बेपत्ता युवकको स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ । घटनास्थलतर्फ गाउँपालिका अध्यक्षसहित बुर्तिबाङ इलाका प्रहरी कार्यालयको टोलि जाँदैछ । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->