सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तारकाङमा आइसोलेसन निर्माण

तारकाङमा आइसोलेसन निर्माण


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

पोखरा, २७ भदौ– कास्कीको मादी गाउँपालिले गाउँपालिकाको वडा नं. ४ तारकाङमा पालिकास्तरीय आइसोलेसन कक्षसहितको क्वारेन्टिन स्थापना गरेको छ ।
१५ शैयाको सो आइसोलेशन तथा क्वारेन्टिन कक्षमा अक्सिजन सिलिन्डरदेखि सबै आधारभूत स्वास्थ्य सुविधा उपलब्ध छन् भने २४ सैं घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहने पालिकाले जनाएको छ ।
सो आइसोलेसन कक्ष र क्वारेन्टिन तथा वडा नं. ४ मै निर्माण भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुक्रबार संघीय सांसद एवम् पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले कोरोनाका कारण मादीमा उच्च गतिमा अगाडि बढेका विकास निर्माणका केही योजना प्रभावित भएपनि छिटै अवरुद्ध भएको विकास निर्माणका परियोजनाहरु सुचारु हुने जिकिर गरे ।
उनले कोरोनाले एक वर्षभरिकै शैक्षिक सत्र अलपत्र परेकाले १ सय जनाभन्दा कम विद्यार्थी पढ्ने विद्यालयहरुमा स्वास्थ्यकर्मीसहितको उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले अहिले मादी गाउँपालिकाले कोरोनाको प्रकोप व्यवस्थापनको लागि १ करोड रुपैंयाको विपत व्यवस्थापन कोष स्थापना गरेर काम गरिरहेको जानकारी दिए ।
उनले स्वास्थ्यसम्बन्धी उच्च सर्तकता अपनाए आफूले भोलिबाट नै मादीका सबै वडामा सार्वजानिक बस र जीपहरु सञ्चालनको अनुमति दिने भन्दै जनता आफै सचेत हुनुपर्ने बताए
कार्यक्रममा जिल्ला समयन्वय समितिका सदस्य वृहस्पति सापकोटा, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, नेकपा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाललगायतले मन्तव्य राखेका थिए ।
मादी गाउँपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाबाट संचालित कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->