मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राहत थुपारेर नराख्न काँग्रेस संसदीय दल गण्डकीको आग्रह

राहत थुपारेर नराख्न काँग्रेस संसदीय दल गण्डकीको आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

बागलुङ, २७ भदौ– नेपाली काँग्रेस संसदीय दलको कार्यालयले बागलुङका बाढी पीडितको लागि आएको सहयोग र राहत थुपारेर नराखी पीडितसमक्ष पु¥याउन आग्रह गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा–७, ८ र ९ मा १७ गते राती आएको बाढीपहिरोबाट पीडित समुदायलाई सरकारले गर्नुपर्ने कामहरुसमेत नगरेको भन्दै ५ बुँदे अपिलसहित प्रेस विज्ञप्ती जारी गरेको छ । काँग्रेस संसदीय दल, गण्डकी प्रदेशसभा प्रमुख सचेतक मणिभद्र शर्माले विज्ञप्तीमार्फत तीनै सरकारले पीडितको पिरमर्का बुझेर पनि गर्न सकिने कामसमेत नगर्दा दुःख लागेको विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।
विभिन्न दाताहरुबाट उपलब्ध राहत सहयोगहरु ढोरपाटन नगरपालिका बुर्तिबाङमा थुपारेर नराखी पीडितहरुको घर–घरमा छिटो पु¥याउनुपर्ने, पीडितसमक्ष राहत पु¥याउन थोरै खर्चमा वडा ७ र ८ को मोटरबाटो पुनःनिर्माण गरी पीडितलाई पायक पर्ने ठाउँमा अस्थायी स्वास्थ्य चौकी बनाई औषधी उपचार गर्न मागसमेत गरेको छ । त्यस्तै तत्काल सोलारको व्यवस्था गरी उनीहरुलाई सञ्चार क्षेत्रमा जोड्न तथा राहत वितरणमा ढिलासुस्ती नगर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->