बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्याङ्जाका ८५ बर्षिया संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाका ८५ बर्षिया संक्रमितको पोखरामा मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

बागलुङ, २७ भदौ– कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिए अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहेका स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ बर्षिय पुरुषको शनिवार बिहान मृत्यु भएको हो । उनी गत भदौ २४ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना भाईरस (कोभिड–१९) को उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा मृत्यु हुने उनी दशौं संक्रमित हुन् । उनको शव व्यवस्थापनको तयारी भैरहेको अस्पतालका निर्देशक सह–प्रध्यापक डाक्टर अर्जुन आचार्यले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या २३ पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->