बागलुङ, २७ भदौ– कोरोना संक्रमणका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ की ४५ वर्षिय महिलाको मृत्यु भएको छ । उपचारको क्रममा ती महिलाको शुक्रबार राती फिस्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
यस्तै, शनिबार गण्डकी प्रदेशका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीका १०, गोरखाका १, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का ३४ गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु कन्ट्रयाक टे«सिङमा पहिचान भएकाहरु हुन् । उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।






