मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बोबाङका बाढी पीडितलाई कांग्रेस नेताको राहत

बोबाङका बाढी पीडितलाई कांग्रेस नेताको राहत


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

बागलुङ, २७ भदौ– ढोरपाटन नगरपालिका–९ बोबाङस्थित भुजीखोला बाढीपहिरो पिडितलाई नेपाली कांग्रेस बागलुङका नेताले प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका छन् ।
कांग्रेसका पूर्व सभापति प्रकाश पौडेल, पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल र जिपि फाउण्डेसन बागलुङका अध्यक्ष महेन्द्र कंडेलले प्रभावित क्षेत्रमै पुगेर पीडितलाई राहत दिएका हुन् ।
उनीहरुले ढोरपाटनका ४४ घरपरिवारलाई ३ लाख रुपैयाँ नगद वितरण गरेका थिए । उक्त रकममध्ये जनकल्याणकारी संस्था जापानका अध्यक्ष अर्जुन कँडेल र पिन्सेस खरेलले जापानबाटै संकलन गरेर पठाएका थिए । बाँकी रकम कांग्रेस नेता उपाध्यायको अगुवाईमा संकलन गरिएको हो ।
पीडितले जिन्सी सामानको आसमा थप पिडा भोग्नु नपरोस् भनेर तत्कालका लागि नगद उपलब्ध गराएको कांग्रेस बागलुङका पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यायले बताए । ‘गोदाममा थुप्रिएको राहत पुग्न ढिला होला, तत्काल खानबस्न सहज बनोस् भनेर नगद दियौं’ उपाध्यायले भने, ‘अति प्रभावितलाई तत्काल राज्यका निकायले सम्बोधन गरोस् ।’
उपाध्याय नेतृत्वमा तमानखोला र निसीखोला गाउँपालिकाका पहिरो प्रभावितलाई राहत स्वरुप नगद वितरण गरिएको छ । काठेखोला र जैमीनीमा घरबास गुमाएका र मृतकका परिवारलाई पनि राहतको तयारी गरेको उनले जानकारी दिए ।
ढोरपाटन नगरपालिकालाई एकद्वारको नाउँमा धेरै संस्थाले खाद्यान्न, लत्ताकपडा र पालसमेत सहयोग गरेका छन् । बाढीले सडक बगाउँदा ती सामग्री वितरण हुन सकेको छैन । सडक अभावमा पैदल यात्रा समेत कठिन भएकोले जनताको घरदैलोमा लैजाने काम चुनौतीपूर्ण भएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->