सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लायन्स हिमालयनको रक्तदानमा ५४ युनिट रगत

लायन्स हिमालयनको रक्तदानमा ५४ युनिट रगत


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

पोखरा, २८ भदौ– लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लवको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रीय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ ,्नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष लायन दिनेशराज शाक्यले जानकारी दिए ।
ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्धघाटन गरेका थिए । क्लवका अध्यक्ष लायन दिनेशराज शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लवका पुर्व अध्यक्ष एंव सल्हाकार लायन सुविन्द्र श्रेष्ठ र संचालक सचिव लायन नविन नापितले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->