मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बिनामारेमा पहिरोमा परी एक महिला बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६० बर्षिया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ८७ बर्षिय श्रीमान मणिभद्र पाध्या गम्भिर घाईते भएका छन् । पाध्यालाई स्थानीयले पहिरोबाट उद्धार गरेका थिए । बागलुङ कुश्मीशेरा सडक निर्माणका क्रममा लगाईएको तारजाली सहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पु¥याएको स्थानीय केदार पौडेलले बताए । आईतवार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पु¥याएको छ ।
पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोलि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ । घाईते पाध्यालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।
जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले एक घर पुरेको छ । सिम्लेका निलकण्ठ पौडेलको घर पहिरोले पुर्दा परिवारका ६ जना गम्भिर घाईते भएका छन् । पहिरोमा परी पौडेलकी आमा ७० बर्षिया जालपा देवि पौडेल बेपत्ता भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

तस्विरः बिशाल पौडेल/कुश्मीशेरा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->