सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढी पीडितलाई प्रवासीको आर्थिक सहयोग

बाढी पीडितलाई प्रवासीको आर्थिक सहयोग

बाढीग्रस्त क्षेत्रमा पुगेर मगर संघ हङकङले पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

बागलुङ, २८ भदौ– ढोरपाटन नगरपालिका–९ का ३२ वर्षिय निमप्रकाश विकले २२ दिने शिशुसहित ४ जना परिवार गुमाए । उनको धर्मपत्नी चनी विक, छोराहरु रोशन, रवि र राजनलाई भुजीखोलाको बाढीले बगायो । उनको चार जना परिवारको शव भेटियो ।
‘बाढीले मेरा सबै परिवार बगायो,’ उनले भने, ‘ढोरको गोठमा जाँदा म मात्रै बाँचे, एक्लै बाँचेर के गर्ने ।’ बाढीले परिवारसंगै घरसहित सबै जग्गाजमिन बगाएको उनले बताए ।
उनी जस्तै यहाँका २२ घरपरिवारका कसैले बाबुआमा त कसैले सन्तान र आफन्त गुमाएका छन् । बाढीले सबैलाई उठीबास बनाएको छ । बाढीले घर बगाएपछि बाँचेकाहरु आफन्तको घरमा आश्रय लिन पुगेका छन् । नगरपालिका र संघ संस्थाले दिएको चाउचाउ भुजालागयतका खाद्यन्न खाएर बाँच्नु परेको पीडित सुनीमाया पुनले बताइन ।
‘हप्तौ दिनदेखि राम्रोसंग निन्द्रा परेको छैन,’ उनले भनिन्, ‘परिवार गुमाएको पीडा छ, बस्ने ओत छैन ।’ अहिलेसम्म आफन्त कहाँ जसोतसो गरी बस्दै आएपनि पछि सरकारले घर बनाईदिन्छु भनेपछि बाँच्ने आशा जागेको पुनले बताइन् ।
बाढीपहिरोले सर्वेस्व गुमाएकालाई मल्हम लगाउन प्रवास रहेका नेपालीहरुले सक्रियता देखाएको छ । बाढीग्रस्त क्षेत्रमा पुगेर मगर संघ हङकङले पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपालीमा परेका पीडालाई सहन नसकेर हङकङमा रहेका मगर समुदाय र नेपालीहरुले राहत रकम संकलन गरेर नेपालमा राहत वितरण गर्न आएको संघका उपाध्यक्ष सुमन थापा मगरले बताए । राहत रकम पारदर्शि होस भनेर पीडितकहाँ पुगेर राहत रकम विरतण गरिएको पुनको भनाई छ ।
नेपालीको दुःखमा साथ दिन मगर संघ हङकङको नेतृत्वमा राहत रकम संकलन गरिएको अध्यक्ष युकमाया रानाले बताइन् । संघले हङकङमा बसोबास गर्ने मगर समुदायलगायत नेपालीहरुमा सहयोगको लागि अपिल गरेको रानाको भनाई छ ।
मगर संघ हङकङले ढोरपाटनसंगै म्याग्दी, कैलाली, तनहुँलगायत देशका विभिन्न जिल्लामा बाढीपहिरो पीडितलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने महासचिव नन्दबहादुर राना मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->