आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

महामारीको समयमा अपनाउनु पर्ने सजकता

महामारीको समयमा अपनाउनु पर्ने सजकता


  • दिपकराज पन्त
  • भाद्र २८ २०७७, आइतबार

सन् २०१९ को अन्त्यतिर चीनको हुवान प्रान्तबाट उत्पत्ती भएको द्रुतगतिमा फैलन सक्ने अदृश्य शत्रुका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) ले मानवजगतको अस्तित्वमा ठूलो हलचल मच्चाइरहेको छ । यसबाट मानवजगतको अस्तित्व कायम राख्न अथक मेहनत र परिश्रम तदारुकताका साथ विभिन्न उपायहरु अबलम्वन गर्नुपर्ने आजको नितान्त आवस्यकता रहेको छ । यस महामारीबाट मानवजगतलाई जोगाउन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु त तत्परकताका साथ प्रयत्न गरिरहेका छन् । तर कुनै निश्चित प्रभावकारी प्रतिफल प्राप्त गरिसकेका छैनन् । प्रतिफल प्राप्त तत्काल हुने सम्भावना पनि देखिएको छैन । त्यसकारण पनि पहिला व्यक्तिले स्वयं आफै नेपाल सरकारले तय गरेका स्वाथ्य सु्रक्षाका उपायहरु अवलम्वन गर्नुनै प्रभावकारी उपाय हो । जब व्यक्ति व्यक्तिबीच गर्नुपर्ने व्यवहार, स्वास्थ्य सुरक्षाका मापदण्डका उपायहरुको मुल्य र मान्यताहरुलाई आत्मसाथ गरी दैनिक जीवनमा उपयोगमा ल्याउनु नै प्रमुख कार्य हो । मानव जगतमा एक अर्काले गरेका क्रियाकलापले नै आफ्नो र अरुको व्यक्तिगत जीवनको प्रत्येक पलपलमा सकारात्मक तथा नकारात्मक प्रभाव पारेको हुन्छ ।
कोरोना महामारीको कहरमा ‘आफु भलो त जगत भलो’ आफु बाँचु र अरुलाई पनि बचाँउ भन्ने निचोडमा पुगे मात्र विश्वव्यापी रुपमा फैलिरहेको महामारीलाई परास्त गर्न सकिन्छ भन्ने तत्थ्यहरुले देखाइरहेका छन् । जसमा समय समयमा साबुन पानीले हात धोइरनु पर्ने, हात धुन सम्भव नभएमा गुणस्तरीय स्यानीटाइजर हातमा लगाउने, उचित तरिकाले मास्कको प्रयोग गर्ने, अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कने, जानैपरे मास्क लगाएर जाने, गएर आएपछि लगाएका कपडा निकाली छुट्टै ठाउँमा राख्ने, प्रयोग भएका मास्कलाई उचित ठाउँमा व्यवस्थापन गर्ने । सार्वजनिक स्थलमा होस वा कुनै तोकिएका निश्चित स्थानमा होस् त्यस्तो ठाउमा मेरा मान्यजन, नातेदार, इष्टमित्र, साथीभाई, सहकर्मी साथी नभन्ने, कसैसंग पनि सामाजिक दुरी कायम नगरी भेटघाट नगर्ने, मुख, नाक, आखाँमा हात नलाने, लानैपर्ने भएमा राम्रोसंग हात धोएर मात्र लाने बानी गर्ने, जहाँ पायो त्यही थुक्ने, सिगान, खकार नफ्याक्ने, एकअर्काबीच हात नमिलाउने, अंकमाल नगर्ने कुरामा विशेष ध्यान दिऔं । नेपाली सँस्कृतीको रुपमा रहेको आदारसत्कार गर्न प्रगोगमा ल्याइएकोे नमस्कार गर्ने बानीको विकास गर्ने र खानालाई राम्रोसंग पकाएर मात्र खाने बानी बसाल्ने, बाहिरबाट किनेर ल्याएका खाद्यवस्तु होस् वा अन्य कु्राहरुलाई राम्रोसंग धोएर मात्र प्रगोग गर्ने, खाना खानुभन्दा पहिला राम्रोसंग साबुनपानीले हात मिचिमिची धुने, सोही रोगसंग मिल्दाजुल्दा लक्ष्यणहरु देखिएमा अरु कोहीसंग सम्पर्कमा नगई तुरुन्त हस्पिटलको सम्पर्कमा जाने गर्नु पर्दछ । यो समयमा घुमफिर नगर्ने, लामो द्ुरीको यात्रा नगर्ने, अत्यावस्यक काम परेको अवस्थामा प्रयोग हुने सवारी साधनलाई राम्रोसंग सरसफाई सिमित व्यक्ति र सामाजिक दुरी काम गरी जाने आउने गर्ने बानीको विकास गर्नुपर्दछ । कार्यालयको कार्य सम्पादन गर्दा समेत सरकारले लागू गरेका सबेै स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई आत्मसाथ गरी कर्मचारी सचेत र सजग भएर सेवाग्राहीलाई समेत महामारीको बारेमा सचेतनाका साथ सेवा प्रवाह गर्ने, कार्यालयमा जो कोही पनि सेवा लिन आउन सक्ने हुदाँ सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले मिचिमिचि हात धुन लगाई सामाजिक दुरी कायम गरी उनीहरुले लिएर आउने कागजलाई हातमा ग्लोब्स्, स्यानीटाईजर प्रयोग गरेर मात्र कागज पत्र समात्ने, सकेसम्म कर्मचारीहरु बीच सामाजिक दुरी कायम राख्नु पर्नेजस्ता उपायहरुलाई ध्यान दियौं भने मात्र केही मात्रमा भएपनि सुरक्षित छौ कि भन्ने विश्वास रहन्छ ।

मानवजन्य व्यवहारमा एकले अर्कोलाई जवरजस्ती रुपमा उसको व्यव्हारमा परिवर्तन ल्याउन सक्दैन, परिवार्तन गर्न त आफैले नै प्रण गर्नुपर्ने हुन्छ । मानव एउटा विवेकशिल, चेतनशिल, सचेत र स्वनिर्णय गर्न सक्ने प्राणी हो ।

मानिस विवेकशिल, चेतनशिल, अरुको भलो चिताउने, सचेतना र सजगता अपनाउने प्राणी हो तर उसले जान्दा जान्दै बुझ्दा–बुझ्दै नजाने र नबुझेजस्तो गरी गरेका क्रियाकलापले गर्दा विवेकहिनपनाको झल्को दिईरहेको छ । सर्वप्रथम त आफुबाट नै दृढ प्रतिज्ञा गरी अगाडी बढनु पर्ने हुन्छ । मानवजन्य व्यवहारमा एकले अर्कोलाई जवरजस्ती रुपमा उसको व्यव्हारमा परिवर्तन ल्याउन सक्दैन, परिवार्तन गर्न त आफैले नै प्रण गर्नुपर्ने हुन्छ । मानव एउटा विवेकशिल, चेतनशिल, सचेत र स्वनिर्णय गर्न सक्ने प्राणी हो । वर्तमान परिस्थिती अनुसार कुनै न कुनै तरिकाबाट उसले आफ्नो व्यवहारमा चलायमान गराउन सकिरहेको अवस्था छैन । त्यसकारण कुनै पनि किसिमको अदृष्य शत्रुका रुपमा आउने रोगव्याधी तथा महामारीबाट उन्मुक्ति हुन सकेको छैन । मानव जगतबाट गर्दै हुर्दै आइरहेका कारणबाट विकाससगंै विनाशको बाटो रोजिरहन्छ । यसबाट उन्मुक्ति पाउन चेतनशिल प्राणीमा भएको वुद्धि, विवेक प्रयोग गरेर मानव व्यवहारमा समयानुसार रुपान्तरण गर्दै जानुपर्ने आज र भोलीको लागि महत्वपूर्ण पक्ष नै हो । समय समयमा यस्ता किसिमका महामारी आइरहेका र आउने गर्छन । तिनीहरुको उपचार र नियन्त्रण हुँदै आईरहेका छन् । यस्तो समयमा मानिसले आफ्नो व्यवहारमा नहड्बडाइकन, नआत्तिकन, संयमित रहदै आफु, आफ्नो परिवार समाज समुदायमा सकारात्मक सोचका साथ रोगबारे सचेतना फैलाउने उपचार र नियन्त्रणका उपायहरुलाई प्रभावकारी कार्यान्वयन गर्दै जाने, सुरक्षाका मापदण्डलाई पालना गर्ने काम अर्काको लागि होइन मेरो लागि हो भन्ने कर्तव्य सम्झी अवलम्वन गर्नु, आत्मसंयमित, आत्मविश्वासका साथ सकारात्मक सोच बनाई सजगता अपनाउनु श्रेयष्कर हुन्छ । यो बिषम परिस्थितीको टड्कारो आवस्यकता हो ।
महामारीको समयमा रोगले कुन धनी कुन गरिब, कुन ठूलो, कुन सानो तथा कम उमेर वा बढी उमेर भन्ने गरेको छैन । नबुझेका त नबुझेकै भए तर जानेका र बुझेकाले नबुझे जस्तो गर्ने, आफुलाई सर्बेसर्वा, प्रतिष्ठित भद्र भलादमी मान्यगन्य आफुबाट कुनै गल्ती हँुदैन भन्ने सचेत नागरिक ठान्नेहरुमध्ये केहीले आफुले गरेको सानो अकर्मण्य कार्यले आफु र आफ्नो परिवार, समाज, देश तथा सबै मानव जगतको भविष्यलाई अन्धकारतर्फ उन्मुख गराइरहेको छ । किनकी उसले आफ्नो आनीबानी आचरण र व्यवहारमा आवस्यकता र समयानुसार फेरबदल गर्दै जान सक्नु नै राम्रो हो । समय अनुसार परिवर्तित हुन नसकेको अवस्थामा उसले वर्तमान र भविष्यमा पछुताउनुबाहेक अरु कुनै विकल्प रहदैन । जुन ठाउँमा सकारात्मक बुझाई, असल गुण चेतना रहदैन, आफु भलो त जगत भलो भन्ने कुरालाई मनन् गर्न सकिएन भने आवस्यकता अनुसार त्यो असल चेतनालाई बेवास्ता गरेको कारणले नै प्रत्येक क्षणमा उसले आफ्नो आत्मआलोचना गर्नुबाहेक कुनै बाह्यात बेहोरा हुँदैन । उसले आफु, परिवार, समाज र समुदायको प्रगती उन्नतीको पथमा भारी गिरावट ल्याउन सक्छ । त्यसको लागि आवस्यक पर्ने पूर्वाधारहरुको निर्माण गर्दै जानुपर्छ । त्यसपछी आफुबाटै समाधानका विश्वासनीय, प्रत्यक्ष प्रतिफल प्राप्त हुन सक्ने उपायहरु अवलम्बन गर्दै हालको परिस्थितीमा एक पक्षले नबुझेको र अर्काे पक्षले बुझेर पनि नबुझेको जस्तो गर्ने महानुभावलाई सचेतनाका लागि जानकारी गराउन सकिन्छ । त्यसका लागि विभिन्न उपायहरुको आँकलन गरी निष्र्कषमा पुग्नु पर्ने, जुनसुकै परिस्थितीमा पनि सामान्यीकरण तथा सहजिकरण गर्नमा अहम भुमिका निर्वाह गर्दै जानुपर्दछ । तन, मन, धनले लाग्नु पर्ने, आजको यो विषम परिस्थिती अनुसार आवस्यकतालाई मध्येनजर गर्दै जाँदा ठाउँ हेर, समय हेर, तिमीलाई हेर, मलाई हेर भन्ने यथार्थपरक पक्षलाई वुझेर केलाउदै आत्मसाथ गर्नु र गराउनु आजको आवश्यकता हो । समय परिस्थिती अनुसार सबै मानवजातीले आफ्नो मानसपटलबाट आफुले गर्ने आनीबानी, व्यवहार, क्रियाकलापमा समयानुसार रुपान्तरित नगर्ने हो भने अहिलेको महामारी कहरको समयमा हुन सक्ने अपुरणिय क्षतिको भागिदार हुन कहिकतैबाट रोक्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->