सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सबैले पाउँदा गण्डकी संक्रामक अस्पताललाई खै ?

सबैले पाउँदा गण्डकी संक्रामक अस्पताललाई खै ?

स्थानीय तहलाई ५ शैयाको अस्पताल बनाउन १०/१० लाख अनुदान दिइएको हो


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७७, सोमबार

पोखरा, २९ भदौ– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट गण्डकीका विभिन्न स्थानीय तहले अस्पताल बनाउन अनुदान पाएका छन् । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाले सार्वजनिक गरेको निर्णय अनुसार हालसम्म अस्पताल स्थापना नभएका स्थानीय तहलाई ५ शैयाको अस्पताल बनाउन १०/१० लाख अनुदान दिइएको हो । सो मन्त्रलायले विभिन्न अन्य अस्पताललाई स्वास्थ्य उपकरण किन्न रकम निकासा गरे पनि गण्डकीको हकमा भने रकम परेन । केही ठूला अस्पताललाई उपकरण किन्न पैसा दिँदा गण्डकी छायाँमा प¥यो । यहाँको लेखनाथमा स्थापना भएको संक्रामक रोग उपचार केन्द्रको लागि संघीय सरकारसँग रकम माग गरिए पनि यो पटक सो अस्पतालले उपकरण किन्न रकम पाएन । प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले नै मागेको कुरा गण्डकीले पाएन बरु, प्रदेशअन्तर्गत गोरखाको अजिरकोट, गण्डकी, चुमनुब्री,गण्डकी,आरुघाट,धार्चे, भीमसेन, शहीद लखन, सिरानचोक र बारपाकले अनुदान पाएका छन् । यसैगरि लमजुङको मध्यनेपाल र राइनास नगपालिकासहित क्लोंलासोथर, दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिका, तनहुँको भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकासहित आँबुखैरेनी, रिसिङ,घिरिङ, देवघाट तथा म्याग्दे गाउँपालिकाले पनि अनुदान पाएका छन् । मनाङको मनाङ दिछ्याङ,नासो र नार्पाभूमि, मुस्ताङको लोघेकर दामोदरकुण्ड, लोमान्थाङ,थासाङ र लोघेकर मुक्तिक्षेत्रले अनुदान पाउँदा पर्वतको फलेवास नगरपालिका,जलजला,पैंयु, महाशिला,मोदी र विहादीले पनि १०÷१० लाख पाएका छन् । उता,गल्याङ, भीरकोट र वालिङ नगरपालिकासहित अर्जुनचौपारी, आँधिखोला, कालीगण्डकी, फेदीखोला, हरिनास र विरुवा,म्याग्दीको अन्नपूर्ण, धवलागिरि, मंगला, मालिका रघुगंगा, बागलुङको गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकासहित काठेखोला, तमानखोला, ताराखोला, निसीखोला, बरेङ र बडिगाड तथा नवलपरासीको कावासोती, देवचुली र गैंडाकोट नगरपालिकासहित बौदीकाली, बुलिङटार, विनयत्रिवेणी र हुप्सेकोट गाउँपालिकाको लागि पनि १० लाख विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->