सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कुश्मीशेरामा पहिरोले पाँच घर पुर्यो, एक जना बेपत्ता

कुश्मीशेरामा पहिरोले पाँच घर पुर्यो, एक जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७७, सोमबार

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले पाँच घर पुर्दा एक जना बेपत्ता भएका छन् ।
बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका ७० बर्षिय हरीकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनको परिवारका अन्य पाँच जनाले भने भागेर ज्यान जोगाएको स्थानीय कृतिनाथ शर्माले बताए ।
आईतवार पहिरो खसेर एक जनाको मृत्यु भएको पहिरो सोमबार समेत बढेपछि तीन घर पुरेको छ । घरमा रहेका सबैलाई रातको समयमा अत्याधिक बर्षा भएपछि स्थानीयले रातीनै अन्यत्र सारेका थिए ।
घटनास्थल पुग्ने सडक तथा पैदलमार्गमा समेत ठुलो पहिरो झरिरहेकाले प्रहरी चौकी कुश्मीशेराको समुह घटनास्थल पुग्न सकेको छैन् । बिहानै देखि प्रहरी र जनप्रतिनिधिको टोलि घटनास्थल हिँडेको भएपनि पहिरो झरिरहेकाले जोखिम रहेको वडा सदस्य रुद्रनाथ शर्माले बताए ।

तस्विरः विवेक सापकोटा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->