पोखरा, २९ भदौ– पोखरा महानगरपालिका वडा नं.८ स्थित बगालेटोल तमु समाजको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समाजका जेष्ठ सदस्य ९१ वर्षीय तुलासिंह तमुबाट उद्घाटन भएको कार्यक्रममा सचिव प्रेमबहादुर तमुले प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनश्री तमुबाट प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
कार्यक्रममा बगालेटोल तमु समाजकी आमा समिति अध्यक्ष पञ्चकुमारी तमु हालै सम्पन्न तमु धिं नेपाल केन्द्रीय आमा समितिको सातौं वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशनबाट गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । समाजका अध्यक्ष दिलबहादुर तमुको अध्यक्षता, सचिव प्रेमबहादुर तमुले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका द्धितीय उपाध्यक्ष हुमबहादुर तमु, समाजका सल्लाहकार अध्यक्ष मेजर डिलबहादुर तमु, सम्मानित आमा अध्यक्ष पञ्चकुमारी तमुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





