एसपी लोकेन्द्र श्रेष्ठ
बागलुङ, २९ भदौ– प्रहरी प्रधान कार्यालय काठमाडांैले जिल्ला प्रहरी कार्यालय बागलुङमा लोकेन्द्र श्रेष्ठलाई सरूवा गरि पठाएको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसधान व्युरोमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठलाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाएको हो । बैशाखमा सरूवा भएर आएका प्रहरी प्रमुख शारदाप्रसाद चौधरीलाई जिल्लाको कमाण्डबाट हटाईएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय तहसँग समन्वय गर्न नसकेको भन्दै चौधरीलाई जिल्ला कामण्डको जिम्मेबारी मुक्त गरेर प्रहरी प्रधान कार्यालय तानिएको स्रा्तले जनाएको छ । बागलुङको छोटो बसाइँमै प्रहरी प्रमुख चौधरी काठमाडौ तानिएका छन् ।





