सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी अस्पतालमा उपचाररत बिरामी कोरोना संक्रमित

धौलागिरी अस्पतालमा उपचाररत बिरामी कोरोना संक्रमित

उनको उपचारमा संलग्न रहेका चिकित्सव एवं स्वास्थ्यकर्मीहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने अस्पतालले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७७, सोमबार

बागलुङ, २९ भदौ– धौलागिरी अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिरामी परेपछि भदौ २५ गते अस्पताल भर्ना भएका बागलुङ नगरपालिका वडा नम्वर ४ का ५३ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोनासंग मिल्ने लक्षण देखिएपछि भदौ २६ गते स्वाव संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको र सोमवार संक्रमण पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी तिर्थ गौतमले जानकारी दिनुभयो ।
ति पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको तयारी भैरहेको छ । उनको उपचारमा संलग्न रहेका चिकित्सव एवं स्वास्थ्यकर्मीहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने अस्पतालले जनाएको छ । बिरामी चार दिन अस्पतालमा रहँदा धेरै जनाको सम्पर्कमा आएको हुन सक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङ गरिने गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->