सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढीपहिरो प्रभावित अँध्यारो बस्तीमा ढोरपाटनको उज्यालो राहत

बाढीपहिरो प्रभावित अँध्यारो बस्तीमा ढोरपाटनको उज्यालो राहत

ढोरपाटन राष्ट्रिय दैनिकको पहलमा १२६ सेट सोलार प्रदान


  • सज्जनकुमार सिंह
  • भाद्र २९ २०७७, सोमबार

बुर्तिबाङ, (बागलुङ) २९ भदौ– गएको भदौ १७ गतेको बाढीपहिरोका कारण लघुजलविद्युत आयोजनाहरुमा क्षति पुगेपछि अन्धकारमा रहेका ढोरपाटन नगरपालिका बागलुङका बाढीपहिरो पीडितले सौर्य उर्जा पाएका छन् । बागलुङ र पोखराबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकले विभिन्न सौर्य उर्जा कम्पनीसँगको सहकार्यमा बाढीपहिरो पीडितहरुका लागि सौर्य उर्जा सिस्टम प्रदान गरेको हो । ढोरपाटन नगरपालिकाको एकद्वार प्रणाली लाई अवलम्वन गर्दै पत्रिकाले १ सय २६ परिवारका लागि सौर्य उर्जा सेट प्रधान गरेको छ । सोमबार ढोरपाटन पुगेर पत्रिकाका सम्पादक हरिनारायण गौतम र प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक र सौर्य उत्पादक सघका सदस्य केशव शर्माले १ सय २६ सेट सोलार बाढी प्रभावित ठाउँमा पुगेर वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर घर्ती, वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनारलाई हस्तान्तरण गरेका हुन् ।
बढी क्षति भएका लघु जलविद्युत आयोजनाहरुको मर्मत गर्न समय लाग्ने भएकाले पीडितहरुका लागि सौर्य उर्जा उपलव्ध गराएको सम्पादक गौतमले बताए । ‘बत्ति नहुँदा सञ्चारको समेत समस्या छ, उज्यालो राहत दिनु हाम्रो दायीत्व हो’, गौतमले भने ‘बिजुली बनेपछि पनि काम लाग्ने र तत्कालका लागि समस्या टर्नेगरी सौर्य उर्जा दिएका छौं ।’ ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा बाढीले ११ वटा लघुजलविद्युत आयोजनामा क्षति पु¥याएपछि गाँउ सबै अन्धारका छन् । सौर्य उर्जा हस्तान्तण गर्दै संघीय सासद सूर्य पाठकले बाढीको चपेटेको परेका नागरिकलाई अन्धकार अवस्था गुज्रिएकोले केही उज्यालो दिन ढोरपाटन दैनिकले गरेको प्रयासको प्रशंसा गरे । ढोरपाटन सालझाडी सडक मध्ये बुर्तिवाङ ढोरपाटन खण्डलाइ छिट्टै स्तर वृद्धि गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ढोरपाटन पत्रिकाका सम्पादक हरिनारयण गौतमले विभिन्न सौर्य उर्जा कम्पनीहरुलाई आग्रह गरेर १ सय २६ सेट सोलार सिस्टम ल्याएको बताए । १६ लाख मूल्य बराबरको उक्त सोलार सिस्टम तत्कालै बाढी पीडित नागरिकलाई उज्यालो प्रदान गर्ने गरि दिइएको सम्पादक गौतमको भनाइ थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ३२ सिस्टम, ढोरपाटन दैनिककले १५ सिस्टम, कुलायन व्याट्री इन्डस्ट्रीज प्रालिले १० सिस्टम, टपसन इनर्जीले १० सिस्टम, क्वालिटी रिन्युअल इनर्जी प्रालिले ५ सिस्टम, एक्सन एक्टीभ प्रालिले ५ सिस्टम, सन वे इनर्जी प्रालिले ५ सिस्टम, ब्राइट भिजन प्रालिले ५ सिस्टम, सिआरसी नेपाल प्रालिले ५ सिस्टम,सफा उर्जा प्रालिले ५ सिस्टम, सनसेट सोलार एण्ड इन्भेस्टमेन्ट प्रालिले ५ सिस्टम, स्काई इनर्जी प्रालिले ५ सिस्टम, ड्रीम इनर्जीले ५ सिस्टम, एजी पावर सप्लायर्स ५ सिस्टम, दीपलाइट इनर्जी ५ सिस्टम, ज्योती इनर्जी प्रालि ५ सिस्टमसौर्य इनर्जी प्रालिले ५ सिस्टम र स्मार्ट सोलार कम्पनी ५ सिस्टम गरि जम्मा १ सय २६ सेट सोलार सिस्टम प्रदान गरिएको हो ।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले प्रशंसापत्र प्रदान गर्दै प्राप्त सोलार सिस्टमलाई तत्कालै पीडित बसेको ठाउँमा र पछि पुनर्निर्माण भएपछि पनि उनीहरुको घरमा जडान गरिने बताए । सबै हाइड्रोपावर बाढीले क्षतविक्षत भएको बेला ढोरपाटन पत्रिकाले प्रदान गरिएको सोलार सिस्टम प्रभावकारी हुने नेपालीले बताए ।
भाद्र १७ गते राति गएके बाढिमा परि २२ जनाको ज्यान गएको छ भने अझै १५ जना बेपत्ता छन् । बाढीमा १ सय ३० वटा घर पुर्ण क्षति र दर्जन बढि घरमा आंशिक क्षति पुगेको वडा वडा नं. ९ वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए । अध्यक्ष घर्तीका अनुसार पीडित परिवारले अझै पनि घर भत्केको दावा गरेकोले यो संख्या बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->