सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मृत्यु भएकाको परिवारलाई नगरको काजकिरिया खर्च

मृत्यु भएकाको परिवारलाई नगरको काजकिरिया खर्च


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७७, मंगलबार

बागलुङ, ३० भदौ– बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई रु २५÷२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ । गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु २५ हजारका दरले काजकिरिया खर्च उपलव्ध गराएको नगरपालिकाले जनाएको छ ।
पहिरोमा परी मृत्यु भएका जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटकी लक्ष्मीपौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ की जालपादेवी पौडेलको परिवारलाई तत्कालै किरिया खर्चबापत सो रकम उपलव्ध गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । ‘तत्कालको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, मृत्यु संस्कार पूरा गर्नका लागि स्थानीय सरकारले सो रकम सहयोग गरेको छ’, उनले भने, ‘बाँकी राहत र पुर्नस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्छौं ।’
मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगदै प्रदान गरिएको नगरप्रमुख पौडेलले बताए । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएपछि टुनीबोटका २५ जनालाई आफन्तको घरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->