मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भुकम्पले बागलुङमा एक घर भत्कायो

भुकम्पले बागलुङमा एक घर भत्कायो


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

बागलुङ, ३१ भदौ– बुधबार बिहानको भूकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बागलुङ नगरपालिका–६ भीरलाँकुरीका दुर्गा बहादुर सुवेदीको घर भुकम्पले भत्काएको हो । घरको दक्षिणतर्फको गाह्रो पूर्णरुपमा भत्केको छ ।
भुकम्पको धक्का महशुस भएपछि घर बाहिर निस्केका सुवेदीको परिवारका पाँच जना सदस्य भने सुरक्षित रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेगमीले बताए । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान आएको ६ रेक्टर स्केलको भुकम्प गएको थियो ।
घर बस्नै नमिल्ने गरी क्षति भएपछि सुवेदीको परिवारलाई छिमेकीको घरमा राखिएको वडा नम्बर–६ का वडा सचिव रुद्रबहादुर केसीले बताए । भुकम्पले सुवेदीको ढुंगा माटोले बनेको दुईतले टिनको छानो भएको कच्ची घर भत्केको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->