बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माझथरको पहिरो स्थानीयलाई सास्ती

माझथरको पहिरो स्थानीयलाई सास्ती


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

पोखरा, १ असोज– मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो ।
लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षतिहुनुका साथै केही घर समेत जोखिममा परेका छन् ।
यसअघिको बर्षाले पटक पटक क्षति पु¥याएको उक्त सडकखण्ड स्थानीयको उद्दार कार्यबाट सडक सुचारु गरिएपनि ठुला सबारीसाधनलाई आवतजावतमा पहिरोका कारण समस्या देखिन्छ । उक्त सडकखण्डको अवस्था र पहिरोको क्षतीवारे ३३ नं वडा कार्यालयमा जानकारी गराउन आएका गणेश थापाले उक्त ठाउँका चारपाँच घर उच्च जोखिममा परेका वताए ।
पहिरोका कारण खेतीबाली पुरिंदा यहाँका सर्वसाधारण समस्यामा परेका स्थानीय सन्तोष पौडेलले जानकारी दिए । यसले सर्वसाधारणको दैनिकीमा पारेको समस्या बारे स्थानीय तहमा जानकारी गराउन आफूहरु वडा कार्यालय आएको र वडाले जोखिम न्युनिकरणमा तत्काल पहल गर्नेमा आशावादी रहेको उनले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->