बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वृद्धाश्रमलाई बेल्जियमबाट सहयोग

वृद्धाश्रमलाई बेल्जियमबाट सहयोग

आमा स्मृतिमा आश्रमका जेष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामाग्री।


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

पोखरा, १ असोज– पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी वृद्धाश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।
आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा चायापानीमा बसोबास गर्ने वैदेशिक रोजगारीको शिलशिलामा बेल्जियम रहेका राजेन्द्र गुरुङ र उनकी पत्नि दयाकुमारी सिग्देलले सहयोग गरेका हुन । गुरुङले आफ्नी स्वर्गीय आमा क्रोहस्यो गुरुङको स्मृतिमा आश्रमका जेष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामाग्री, १३ थान ब्लाङ्केट र नगद १२ हजार ९ सय सहित झण्डै ६५ हजार रुपैया बराबरको सहयोग गरेका हुन् । बेल्जियमबाट पठाएको सहयोग आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतमलाई सहयोगदाता गुरुङका आफन्त नारायण गुरुङ, बिना गुरुङ, कल्पना गुरुङ र श्याममाया गुरुङले हस्तान्तरण गरेका थिए ।
त्यसक्रममा नारायण गुरुङ्गले विषम परिस्थितिका कारण आश्रममा आइपुगेका जेष्ठ नागरिकलाई आफन्तको स्मृतिमा गरिएको सहयोगले केही समय भएपनि सहज जीवन यापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । आश्रमका अध्यक्ष गौतमले कठिन परिस्थितिमा रहेका जेष्ठ नागरिकलाई यस्ता सहयोगले हामीलाई हेर्ने पनि कोही छन् है भन्ने विश्वास जागेको उल्लेख गरे । कार्यक्रममा स्थानीय समाजसेवी मोहम गुरुङ, गोविन्द बास्तोला, बुद्धिसागर पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->