मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

आफ्नो खर्च कटाएर मजदुरले गरे आश्रमलाई सहयोग

आफ्नो खर्च कटाएर मजदुरले गरे आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७७, बिहिबार

बागलुङ, १ असोज– बिहिबार विश्वकर्मा पूजाको अवसर पारेर मजदुरहरुले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा मजदुरी गर्ने भरत राउत यादवले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् । उनले मजदुरीबाट प्राप्त पारिश्रमिकलाई खर्चमा कटाएर आश्रमको लागि खाद्यान्न वितरण गरेको बताए ।
यादवले नगद २ हजार ६ रुपैयाँ बजार मुल्यका खाद्य सामग्री सहयोग गरेका हुन् । चामल, दाल, नुन, तेल, जिरालगायतका सामग्री प्राप्त भएको आश्रमले जनाएको छ । यादवले २५ वर्षदेखि बागलुङ जिल्लामा मजदुरी गर्दै आएका छन् । मानव सेवा आश्रम बागलुङमा महिला बालबालिका शारीरिक रूपमा अपांग, जेष्ठ नागरिक गरि ४० जनाले आश्रय लिएर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->